नेपाली कम्युनिस्ट पार्टी नेकपा का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति रुकुम पश्चिममा जनआकर्षण बढ्दै गएको छ। जिल्लाको मुसिकोटमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधनमा प्रचण्डलाई हेर्न र सुन्नेको भीड बढ्न थालेपछि स्थानीय राजनीतिक माहोल थप तातिएको छ।
Advertisement
पार्टीका स्थानीय नेता तथा कार्यकर्ताका अनुसार प्रचण्डको नाम जोडिँदै कार्यक्रम आयोजना हुने वित्तिकै सर्वसाधारणको उल्लेख्य सहभागिता देखिन थालेको छ।
विशेष गरी युवा र पुराना माओवादी कार्यकर्ताबीच उत्साह बढेको उनीहरूको भनाइ छ। केही महिना पहिले माओवादी फुटेपछी जनार्दन शर्मा र प्रचण्ड अहिले फरक धारमा छन। जनार्दनको गृह जिल्लामा प्रचण्ड प्रतिको बढ्यो क्रेजले राजनीतिमा हलचल थपिएको छ ।