आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि रुकुम पश्चिममा ९ सय ४९ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समिति रुकुम पश्चिमले जारी गरेको निर्वाचन प्रहरी भर्ना सम्बन्धी एकिकृत सूचनामा उक्त सङ्ख्यामा निर्वाचन प्रहरी भर्ना गर्न लागिएको जनाइएको हो ।
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जारी गरेको सूचनामा स्वीकृत निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी एकिकृत (नेपाल प्रहरी÷सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि २०८२ अनुसार निर्वाचन प्रहरी भर्ना गर्न लागिएको उल्लेख छ ।
जस मध्ये ८ सय ५३ नेपाल प्रहरी र ९६ जना सशस्त्र प्रहरी बल तर्फको लागी दरखास्त आह्वान गरिएको हो। जिल्लामा १ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र रहेको छ । प्रदेशसभाको निर्वाचन क्षेत्र २ रहेकोमा ५४ हजार २ सय ६३ जना पुरुष र ५२ हजार ३ सय ९६ महिला र १ अन्य मतदाता रहेका छन्।