नेकपा एमालेले कर्णाली प्रदेशका १० जिल्लामा इन्चार्ज तोकेको छ। भखरै सम्पन्न एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई जिल्ला इन्चार्जका रूपमा जिम्मेवारी प्रदान गरिएको हो। जस अनुसार रुकुमपश्चिमको इन्चार्ज सुशीलकुमार थापा लाई तोकिएको छ।
Advertisement
दैलेखका थापा एमाले केन्द्रीय सदस्य हुन्। त्यस्तै डोल्पा बद्मीक्वारी बुढा (बोहरा), जुम्ला दानसिंह परियार,सुर्खेतमा नवराज रावत, जाजरकोट डम्बरबहादुर सिंह, दैलेख मीनासिंह रखाल र हुम्ला दल रावललाई इन्चार्जको जिम्मेवारी दिइएको छ। त्यसै गरी जीतबहादुर मल्ल, सल्यान गोविन्द पुन, कालिकोट नगेन्द्र शाही (नेसनल) इन्चार्ज तोकिएका छन्।