नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम जिल्लामा राजनीतिक कार्यक्रम तथा एकता सन्देश सभामा रुकुम आउँदा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा भने काठमाडौँमा कार्यक्रम राखेका छन्। भोली शनिवार शर्माको गृह जिल्ला रुकुम पश्चिम आउँन लागेका प्रचण्ड लाई काउन्टर दिन उनले काठमाडौँमा भेलाको आयोजना गरिएको बताइन्छ।
प्रगतिशील लोकतान्त्रिक पार्टी रुकुम पश्चिम काठमाडौँ सम्पर्क समितिको आयोजनामा काठमाडौँ स्थित कलंकीमा भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो। प्रचण्ड रुकुम आउने दिनमै हुने कार्यक्रम लाई आन्तरिक रूपमा ‘काउन्टर’ रणनीतिका रूपमा हेरिएको छ।
एकै समयमा शीर्ष नेतृत्व फरक–फरक स्थानमा एकैदिन पार्टीको कार्यक्रम राख्दा उनीहरुको भावी रणनीतिसँग जोडेर विश्लेषण गरिएको छ। प्रचण्डको रुकुम यात्रा पार्टीको सांगठनिक सुदृढीकरण, जनसम्पर्क र स्थानीय कार्यकर्ताको मनोबल बढाउने उद्देश्यमा केन्द्रित रहेको बताइन्छ।
एकता सभामा नेकपा रुकुम पश्चिमले १० मानिस मुसिकोटमा उतार्ने जानेको छ। पार्टी एकता पछि पहिलोपटक रुकुम आउन लागेका प्रचण्ड लाई भव्य स्वागतको तयारी भैरहेको बेला उता, जनार्दन शर्माले काठमाडौँमा पार्टीभित्रका नेताहरू, समर्थक सँग भेटघाट गर्दै भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ।