रोल्पाबाट वर्षमान पुन र नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रतिनिधिसभा निर्वाचनमा लड्ने पक्का भएको छ।
Advertisement
शान्ति प्रक्रियापछि पहिलोपटक संसदीय राजनीतिमा होमिन लागेका विप्लव माओवादीको आधार क्षेत्रबाटै उठ्दा पुनलाई कडा चुनौती थपिएको छ। सत्ता भोगिसकेको माओवादी नेतृत्व र अहिलेसम्म कुनै राजकीय पद नलिएका विप्लवबीचको प्रतिस्पर्धाले रोल्पाको चुनावलाई विशेष बनाएको छ।