नेपाल कम्युनिस्ट पार्टी(नेकपा) रुकुम पश्चिमले भोली खलंगा बजारमा मोटरसाइल र्याली गर्ने भएको छ । यही पुस २६ गते मुसिकोट नगरपालिका १ बराहाटाकुरामा हुने नेकपाको एकता सन्देश सभालाई लक्षित गर्दै भोली नेकपा रुकुम पश्चिमले मोटरसाइकल र्याली गर्ने भएको हो ।
भोली दिउँसो १२ बजे मुसिकोट नगरपालिका ३ माछमीबाट, सेरिगाउँ, सितपोखरी, पुःन सेरिगाउँ, बागबजार हुँदै सल्लेसम्म मोटरसाइकल र्याली आयोजना गरिएको नेकपाका नेता बसन्तकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पुस २६ गते हुने नेकपाको एकता सन्देश सभालाई लक्षित गरी उक्त कार्यक्रम गर्न लागिएकाे हाे ।
नेकपाको एकता सन्देश सभाको विषयमा जानकारी बनाउन आज प्रेस सेन्टर र समाजवादी प्रेस संगठनले संयुक्त रुपमा सहिद प्रतिष्ठानको सभाहल सेरिगाउँमा पत्रकार भेटघाटको कार्यक्रम आयोजना गरी नेकपाले यस विषयमा आज जानकारी गराएको हो। २५ गते मञ्ज व्यवस्थापन र २६ गते मुसिकोट १ बराहाटाकुरामा एकता सन्देश सभा कार्यक्रम गर्ने बताइएको छ।