रुकुम पूर्वमा नदीमा डुबेर एक जना युवाको मृत्यु भएको छ । आज बिहान माछा मार्न सानीभेरी नदीमा गएका सिस्ने गाउँपालिका ८ का अन्दाजी २० वर्षीय लक्ष्मण नाथको मृत्यु भएको हो।
Advertisement
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर विकका अनुसार माछा मार्ने क्रममा सानीभेरी नदीमा बगेका नाथको शव धपे भन्ने ठाउँ नजिकै सानीभेरी नदीमा फेला परेको जानकारी दिए ।