रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० मा प्रगतिशील लोकतान्त्रिक पार्टीको वडा भेला सम्पन्न भएको छ। ‘उन्नत विचारशीलताको विकल्प’ भन्ने नारासहित आयोजित भेलामा पार्टीका नेता–कार्यकर्ता तथा स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको थियो।

Advertisement
भेलामा पार्टीका नेता गोरख बहादुर केसी सन्देशले वर्तमान राजनीतिक अवस्था, स्थानीय विकासका समस्या तथा समाधानका उपायबारे धारणा राख्दै जनमुखी र जवाफदेही राजनीतिको आवश्यकता औंल्याएका थिए।
साथै, संगठन विस्तार, वडा तहमा पार्टीको संरचना सुदृढीकरण र जनसम्पर्क बढाउने विषयमा समेत छलफल गरिएको थियो।
भेलाले पार्टीलाई स्थानीय तहमा थप मजबुत बनाउँदै आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने संकल्प व्यक्त गरेको आयोजकले जनाएका छन्।