जाजरकाेटको जुनिचाँदे गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी लाई पालिकाका उपाध्यक्षले कुटपिट गरेका छन् ।
Advertisement
गाउँपालिकामा कार्यालय सहयोगी पदमा कार्यरत कर्मचारी लालबहादुर शाही माथी उपाध्यक्ष वीरेन्द्र बहादुर शाहीले कुटपिट गरी घाइते बनाएको बताएका छन्।
उपाध्यक्षले मदिरा सेवन गरेर आफू माथि कार्यकक्षमै कुटिपुट गरेको भन्दै प्रहरी चौकी जुनिचाँदेमा जाहेरी समेत दिएका छन् । पीडित कर्मचारीका अनुसार सेवाग्राहीको काम गरिरहेका बेला मदिरा सेवन गरेर कार्यालय प्रवेश गरेका उपाध्यक्षले अनावश्यक गालीगलौज गर्दै हातपात गरेका हुन्।