आगामी निर्वाचनका लागी समानुपातिक उम्मेदवारमा रुकुम पश्चिम र रुकुम पूर्व बाट एक एक जना परेका छन्। नेपाली कम्युनिस्ट पार्टी नेकपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्द सूचि अन्तर्गत रुकुम पश्चिम बाट आदिवासी जनजाति तर्फ झक्कुप्रसाद घर्ती र रुकुम पूर्वबाट सुनिता बुढा मगर बन्द सूचिमा परेका छन्।
Advertisement
पार्टीले सोमबार निर्वाचन आयोगमा बुझाएको १ सय १० जनाको बन्द सूचिमा रुकुम पश्चिम र पूर्व बात एक एक जना परेका हुन्। नेपाली कम्युनिष्ट पार्टी रुकुम पश्चिमले ४ जनाको नाम सिफारिस गरेको थियो। तर पार्टीले १ जना घर्तीको मात्रै नाम सूचिमा नाम राखेको छ।
त्यस्तै पार्टीले रुकुम पूर्व बाट ५ जनाको नाम सिफारिस गरेको थियो। तर बन्द सूचिमा भने बुढाको मात्रै नाम रहेको छ।