नेपाली कम्युनिस्ट पार्टीले अछाम निर्वाचन क्षेत्र नं.१ वाट डा. भीम रावल र नव युवावाट चन्द्र भण्डारीलाई सिफारिस गरेको छ । ११ गते सदरमुकाम मंगलसैनमा बसेको बैठकपछि प्रत्यक्षतर्फ डा. रावल सहित पाँच जनाको नाम सिफारिस गरिएको नेपाली कम्युनिस्ट पार्टीका नेता कुलबहादुर कुँवरले जानकारी दिए ।
उनका अनुसार डा. रावल सहित कुलबहादुर कुँवर, लोक वहादुर वोहरा ज्वाला, महिलातर्फ निर्मला साउद र युवा बाट चन्द्र बहादुर भण्डारीको नाम सिफारिस गरिएको हाे । नेकपा एमालले कार्वाहीपछि मातृभूमि जागरण अभियान सञ्चालन गरेका डा. रावलले तत्कालिन माओवादी र समाजवादी पार्टीवीच एकिकरण गरेपछि डा. रावलले मातृभूमि जागरण अभियानलाई नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका हुन् ।
पूर्व उपप्रधानमन्त्री डा. रावलले अछाम निर्वाचन क्षेत्र नं.१ वाट २०५१, २०७० र २०७४ सालमा निर्वाचिन भएका थिए भने युवा नेता भण्डारी बिधार्थी कर्मशील तथा बाैद्धिक जुझारु र ईमान्दार स्वच्छ छवीका क्रान्तिकारी युवा हुन् । अछाम निर्वाचन क्षेत्र नं.१ वाट २०६४ सालदेखि कम्युनिष्ट पार्टीले जित्दै आएको छ।