रुकुम पश्चिम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पश्चिमको आयोजनामा एकता सन्देश सभा आयोजना हुने भएको छ। सभा पुस २६ गते शनिबार मुसिकोट खलङ्गा, बराहटाकुरामा हुने आयोजकले जनाएको छ।
Advertisement
पार्टीभित्र एकता, संगठन सुदृढीकरण र जनसमर्थन विस्तारका लागि आयोजना गरिएको उक्त सभामा पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख वक्ताका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।
आयोजकका अनुसार सभामा जिल्लाभरिका पार्टी नेता–कार्यकर्ता, जनवर्गीय संगठन तथा सर्वसाधारणको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ। पार्टीले सभालाई सफल बनाउन सबैलाई समयमै उपस्थित भई सहभागिता जनाउन आग्रह गरेको छ।