• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

काठमाडौंमा ‘शी जिनपिङ थट अन पार्टी बिल्डिङ’ सम्बन्धी विचार गोष्ठी सम्पन्न

पोखरामा पर्यटकको मृत्यू

सुनसरी गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री गुरुङले लिनुपर्छ : रवि किरण हमाल

सुनसरी घटना : मृतकको संख्या २ पुग्यो

सुनसरीमा तनाव बढ्यो, कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारी सडकमा

सुनको मूल्य बढ्यो

पहिरामा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

बाढी र पहिरोले दर्जनबढी मुख्य सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

  • २. फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

  • ३. सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

  • ४. तपाई जागिरको खोजिमा हुनुहुन्छ ? अब बाँदर हेरेरै कमाउनुस् महिनाको १२ हजार ५००

  • ५. प्राधिकरणको कार्यकारी प्रमुखमा उप्रेती ,जाजरकोट भूकम्पको पुननिर्माण गर्ने प्रतिवद्धता

  • ६. राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

  • ७. सामान्य फोन विवादमा खुकुरी र छुरीसहित आक्रमण प्रयास गर्ने चार युवक पक्राउ

  • ८. लाहोर यात्रा : जहाँ इतिहासले मन जित्यो, आतिथ्यले हृदय छोयो

  • ९. कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • १०. काठमाडौंमा ‘शी जिनपिङ थट अन पार्टी बिल्डिङ’ सम्बन्धी विचार गोष्ठी सम्पन्न

विप्लव माओवादीमाथि प्रहरी छापा : भेटिए बम, बन्दुक,बारुद र ग्रीनेड सहित विष्फोटक सामग्री


  •   शनिबार, पुष १२, २०८२ मा प्रकाशित
  • नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) द्वारा सञ्चालन गरिएको अर्घाखाँचीस्थित कम्युनबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद गरिएको छ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार शुक्रबार बिहान करिब १० बजेतिर शितगंगा नगरपालिका–११ बोक्से क्षेत्रमा गस्तीका क्रममा कोही नबस्ने एक गोठबाट विस्फोटक सामग्री फेला परेको हो। जिल्ला प्रहरी प्रमुख डिएसपी दिवसबहादुर जिसीको कमान्डमा खटिएको टोलीले गोठ खानतलासी गर्दा भरूवा बन्दुक, ग्रिनेड, डेटोनेटर तथा विभिन्न प्रकारका बम बरामद गरेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार बरामद सामग्रीमा दुई थान भरूवा बन्दुक, १४ वटा ग्रिनेड, १२ वटा डेटोनेटर, लामो लन्चरजस्तै देखिने तीन वटा प्लास्टिक पाइप, पाँच लिटर क्षमताको एक थान प्रेसर कुकर बम, एक थान स्टिल बम, चार बन्डल बिजुलीको तार र करिब ५०० ग्राम बारुद रहेका छन्।

    भरूवा बन्दुक बाहेक अन्य विस्फोटक सामग्री नेपाली सेनाको सहयोगमा शुक्रबार नै सुरक्षित रूपमा डिस्पोज गरिएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र विस्फोटक कसको स्वामित्वमा थियो भन्ने विषयमा छानबिन अघि बढाइएको प्रहरीले जनाएको छ।

    यता, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले उक्त घटनाप्रति कडा आपत्ति जनाएका छन्। विज्ञप्ति जारी गर्दै उनले अर्घाखाँचीको शितगंगा नगरपालिका–११ स्थित पार्टीले सञ्चालन गरेको कम्युन तथा सर्वसाधारणका घरहरूमा छापा मारेर राज्यले ‘श्वेत आतंक’ मच्चाएको आरोप लगाएका छन्।

    प्रवक्ता प्रकाण्डले सरकार एकातर्फ शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउने भन्दै प्रचार गरिरहेको तर अर्कोतर्फ माओवादीसँग सम्बन्धित उत्पादन केन्द्र र सर्वसाधारणको घरमा छापा मार्ने कार्यले राज्य शान्तिपूर्ण निकास चाहँदैन भन्ने सन्देश गएको बताएका छन्। उनले यसले देशलाई अझ अशान्तितर्फ धकेल्ने खतरा रहेको चेतावनी पनि दिएका छन्।

    शनिबार, पुष १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही
    काठमाडौंमा ‘शी जिनपिङ थट अन पार्टी बिल्डिङ’ सम्बन्धी विचार गोष्ठी सम्पन्न
    पोखरामा पर्यटकको मृत्यू
    सुनसरी घटना : मृतकको संख्या २ पुग्यो
    सुनसरीमा तनाव बढ्यो, कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारी सडकमा
    सुनको मूल्य बढ्यो

    लोकप्रिय

    • १.
      कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

    • २.
      फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

    • ३.
      सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

    • ४.
      तपाई जागिरको खोजिमा हुनुहुन्छ ? अब बाँदर हेरेरै कमाउनुस् महिनाको १२ हजार ५००

    • ५.
      प्राधिकरणको कार्यकारी प्रमुखमा उप्रेती ,जाजरकोट भूकम्पको पुननिर्माण गर्ने प्रतिवद्धता

    • ६.
      राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

    भर्खरै

    • १.
      कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

    • २.
      काठमाडौंमा ‘शी जिनपिङ थट अन पार्टी बिल्डिङ’ सम्बन्धी विचार गोष्ठी सम्पन्न

    • ३.
      पोखरामा पर्यटकको मृत्यू

    • ४.
      सुनसरी गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री गुरुङले लिनुपर्छ : रवि किरण हमाल

    • ५.
      सुनसरी घटना : मृतकको संख्या २ पुग्यो

    • ६.
      सुनसरीमा तनाव बढ्यो, कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारी सडकमा

    • ७.
      सुनको मूल्य बढ्यो

    • ८.
      पहिरामा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.