नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिम अन्तर्गत आठबिसकोट नगरपालिकामा १४ वटै वडाको भेला तथा बैठक सम्पन्न भएको छ। बैठकमा पार्टी संगठन सुदृढीकरण, स्थानीय राजनीतिक गतिविधि तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो।
साविक नेकपा माओवादी फुटेपछि जनार्दन शर्मा र प्रचण्ड पक्ष भएर लागेका रुकुमा नेता कार्यकर्ता यतिबेला आआफ्नै सगठन निर्माणमा लागेका छन्। यसै क्रममा गोपाल शर्माको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले जिलाका सबै पालिकामा बैठक तथा भेला लाइ तीव्रता दिएको छ।
आज आठबिसकोट नगरपालिका १२ नम्वर वडाको भेला तथा बैठक समपन्न भए सँगै पार्टीले आठबिसकोटका १४ वटै वडामा बैठक सम्पन गरेको बताएको छ। बैठकले पार्टीको कामलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न समिति निर्माण गरेको छ। नवनिर्मित समितिलाई जिम्मेवारी सहित परिचालन गर्ने निर्णय समेत गरिएको पार्टीले जनाएको छ। स्थानीय तहमा पार्टीको उपस्थिति मजबुत बनाउँदै जनसमस्यामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता बैठकले व्यक्त गरेको जनाइएको छ।