पोखरा महानगरपालिका वार्ड नम्बर २१ स्थित दोपहरे हर्राबोटमा प्रथम सुन्तला महोत्सव २०८२ आयोजना हुने भएको छ ।
स्थानीय उत्पादन तथा कृषि पर्यटनकोको प्रवर्द्धन साथै वर्षौं देखि विचौलियाहरु मार्फत सुन्तला बाट बाहिर गइरहेको लाखौं रुपैयाँ अब कृषकहरु आफैले बजार मुल्यसँग साझेदारी गर्न पाउने वातावरण तय होस भन्दै आयोजना गर्न लागिएको उक्त महोत्सवमा विभिन्न सांस्कृतिक प्रस्तुति र केहि अन्य मनोरञ्जनात्मक प्रतियोगिता समेत राखिने जनाइएको छ ।
वडा नम्बर २१ मा पोखरा महानगरपालिका भित्रकै सबैभन्दा धेरै सुन्तला उत्पादन हुँदै आएको छ भने पोखरा महानगरपालिका कृषि शाखाको संयोजन तथा वडा स्तरीय कृषि सञ्जाल पोखरा-२१ सँगको समन्वयमा वडा नम्बर २१ ले नै उक्त महोत्सवको आयोजना गरेको छ ।
पहिलोपटक महोत्सव तय भएको स्थितिमा कार्यक्रम सञ्चालन देखि भौगोलिक तथा प्राविधिक सबै कुराहरुको बन्दोबस्त तयार गर्ने जटिलता र विकल्प सबै पक्षबाट सजग रहि महोत्सवलाई योजना अनुसार नै भव्यताका साथ समापन गर्न सकिने गरि तयारी भइरहेको र भोलि बुधबारसम्म सबै कार्य सम्पन्न गरि १० गते बिहिवार महोत्सव आयोजनाको लागि हामी तयारी अवस्थामा छौ , वडा अध्यक्ष दिपक सुवेदीले उज्यालोपाटीसँग भने हामिले तय गरेको संरचना अनुसार नै सभ्य र भव्य रुपमा महोत्सव हुने छ ।