नेपाली बजारमा सोमवार सुनचाँदीको मूल्य बढेको छ ।तोलामा ३४ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Advertisement
आइतबार भने सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । १ सय ३० रुपैयाँले बढेर आज प्रतितोलामा ४ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला ४ हजार १ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।