रुकुम पश्चिमको सानीभेरीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
आइतबार राती मुसिकोट नगरपालिका १ खलङ्गाबाट सानिभेरी गाउँपालिकातर्फ आउँदै गरेको नम्वर नाखुलेको अनटेस्ट अटो सानिभेरी गाउँपालिका ९ को खारखोलामा दुर्घटना हुँदा अटो चालक मुसिकोट नगरपालिका १३ का २८ वर्षीय विनोद रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।
तिव्र गतिमा कुदिरहेको अटो अनियन्त्रित हुँदा सडकबाट करिब ३०० मिटर तल खसेको र अटोमा यात्रु नभएको बताइएको छ।