नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानपछि मतगणना प्रक्रिया सुरु भएको छ ।
Advertisement
निर्वाचन आयोगका अनुसार ८० वटा मेसिनको फरक–फरक मुचुल्का तयार पारिनेछ । हरेक मेसिनको छुट्टाछुट्टै मुचुल्का बनाएर प्रतिनिधि र मत संख्या ट्याली गरेपछि मेसिन लक गरिनेछ ।
मतगणनामा उम्मेदवारका प्राविधिक, एक जना प्रतिनिधि, मेसिनका प्राविधिक र निर्वाचन आयोगका प्रतिनिधि रोहबरमा रहनेछन् । विद्युतीय मेसिनबाट निकालिएका चिप्स अलग–अलग खाममा राखेर सबै खाम नम्बरिङ पछि प्याकिङ गरिने व्यवस्था गरिएको छ ।