आगामी फागुनमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचन र राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि नेपाली काँग्रेस रुकुम पश्चिमले उम्मेदवार टुङ्गो लगाएको छ। तीन दिन देखि पार्टी कार्यालय मुसिकोटमा बसेको बैठकले उम्मेदवार सिफारिस गरेको पार्टीका जिल्ला सभापति प्रेम प्रकाश ओलीेले जानकारी दिए।
उज्यालोपाटी सँग सभापति ओलीले भने , धेरै साथीहरुको आकांक्षा थियो। ती मध्येबाट पनि सबैको सहमति अनुसार ४ जनालाई सिफारिस गरिएको छ। उनका अनुसार प्रतिनिधी सभा सदस्यमा प्रत्यक्षतर्फ गोपाल जी जंग शाह र प्रेम प्रकाश ओली को नाम सिफारिस गर्ने र समानुपातिक तर्फ मानबहादुर नेपाली र मनिषा भण्डारीको नाम सिफारिस गरिएको हो ।
पार्टीले वीरबहादुर ओलीको नाम राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने र टुंगो लगाएका सबै उम्मेदवारहरुको नामावली प्रदेश समितिमा सिफारिस गर्ने जनाएको छ । उम्मेदवारको टुङ्गो लगाउन कांग्रेसले गत बुधबार देखि छलफल चलाएको थियो।