असल छिमेकि नेपाल संस्थाले रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका युवा तथा युवतीहरुलाई प्राथमिक उपचार बक्स वितरण गरेको छ । आठविसकोट नगरपालिका वडा नम्वर ९, १०, ११ र १२ का युवा तथा युवतीहरुलाई प्राथमिक उपचार बक्स वितरण गरिएको हो ।
यहि कार्तिक १७, १८ र १९ गते प्राथमिक उपचार सम्वन्धि तालिम दिइएको थियो । त्यसपश्चात उक्त बक्सहरु वितरण गरिएको संस्थाका प्रोजेक्ट सुपरभाइजर दान महताराले जानकारी दिनुभयो ।
विपतबाट हुने क्षतिलाई घटाउन तथा घटनास्थलमै ज्यान जाने जाखिम कम गर्न प्राथामिक उपचार सम्वन्धि तालिम तथा सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा असल छिमेकि नेपालका परियोजना प्रमुख सुमन बयालकोटी, ११ नम्बर वडा अध्यक्ष प्रेम बहादुर पुन लगाएतको उपस्थिति रहेको थियो ।
यस संस्थाले जाजरकोट भुकम्प प्रभावित क्षेत्र रुकुम पश्चिम र जाजरकोटमा विपत सम्वन्धि कार्यहरु गर्दै आएको छ ।