नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको लागि एमाले रुकुम पश्चिमले प्रतिनिधि छनौट गरेको छ ।
Advertisement
आगामी मंसिर २७ गते देखि २९ गतेसम्म काठमाण्डौमा हुने राष्ट्रिय महाधिवेशनमा जिल्लाबाट सहभागी हुने प्रतिनिधिहरु निर्वाचन मार्फत छनौट गरिएको हो ।
जिल्ला बाट ६ जना प्रतिनिधिहरु छनौट भएका छन।
जस मध्ये दुई जना खुल्ला, एक जना युवा, दुई जना महिला र एक जना दलित रहेको एमालेले जनाएको छ ।
निर्वाचन मार्फत खुलातर्फ नन्दराम देवकोटा र दिनेश चन्द, महिलातर्फ कौशिला केसी र हिम कुमारी केसी, युवातर्फ प्रकाश खड्का र दलित तर्फ शशिराम नेपाली निर्वाचित भएका हुन।