मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छिन्। आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबाट खातुनसहित पार्टी प्रवेश गरेका हुन् ।
Advertisement
उनलाई पार्टीले केन्द्रीय समिति सदस्य पनि बनाउने निर्णय गरेको छ । सहसंयोजक माधव कुमार नेपालले खातुनलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको जानकारी गराए ।
वीरगञ्ज निवासी मुस्कान ०७६ साल भदौमा एसिड आक्रमणमा परेकी थिइन् । उपचारपछि निको भएर सामाजिक क्षेत्रमा सक्रिय मुस्कानलाई अमेरिकाले अन्तर्राष्ट्रिय साहसी महिला (आई.डब्ल्यू.ओ.सी.) सम्मान प्रदान गरेको थियो ।