नेपाली बजारमा आज सुन तोलामा ४०० ले घटेको छ भने चाँदी ६० ले बढेको छ ।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ४८ हजार ४०० कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा तीन हजार २८० कायम भएको छ ।
हिजो सुनको मूल्य प्रतितोला दुई लाख ४८ हजार ८०० कायम भएको थियो भने एक तोला चाँदी तीन हजार २२० मा कारोबार भएको थियो ।