नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध कैलालीको धनगढीमा विरोध प्रदर्शन भएको छ । जेनजी युवाहरूले बुधबार बिहान धनगढी बजारमा प्लाकार्ड लिएर विरोध प्रदर्शन गरेका हुन् ।
Advertisement
२३ र २४ को जेन जेड आन्दोलनले एमाले नेतृत्वको सरकार विस्थापित गरेयता बस्नेत जेन जेड युवा प्रति आक्रामक सुनिएका छन् । साथै, जेनजी युवाले पनि बस्नेतको विरोधमा निरन्तर प्रदर्शनहरू गरिरहेका छन् ।