आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा नौ सय रुपैयाँले बढेर दुई लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Advertisement
मंगलबार सुन तोलामा दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १०५ रुपैयाँले बढेर ३ हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।