नेकपा एमालेले प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ । आज निर्वाचन आयोगको कार्यालयमा पुगेर निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् ।
Advertisement
प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि यही मंसिर १० गतेसम्मको समय रहेकोमा अहिलेसम्म ६६ दल दर्ता भएको आयोगले जनाएको छ ।