साबिकको नेकपा माओवादी केन्द्रका दुई केन्द्रीय सदस्यले पुष्पकमल दाहाल प्रचण्डको साथ छाडेका छन्। पार्टी छाड्नेमा केन्द्रीय सदस्यद्वय टेकबहादुर बलम्पाकी र गीता दाहाल रहेका छन्।
उनीहरूले जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियानमा समाहित भएको विज्ञप्ति मार्फत घोषणा गरेका छन्। उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन् ‘हामी आबद्ध पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको निवर्तमान पार्टी नेकपा ९माओवादी केन्द्र० माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा समाहित हुने निर्णयमा सहमत हुन सकेनौ ।
त्यसैले आजैको मितिदेखि हामी दुवै जनाले उक्त दुई समूह मिलेर बनेको ’नेपाली कम्युनिस्ट पार्टी’मा आबद्ध नहुने निर्णय गर्दै प्रगतिशील राष्ट्रिय अभियान, नेपालमा लामबद्ध हुने घोषणा गर्दछौँ ।’