तत्कालीन नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा नेतृत्वको समूहले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
एकीकृत समाजवादी लगायतका दलसँगको एकता अस्वीकार गर्दै बाहिरिएका शर्माको संरक्षकत्वमा प्रगतिशील नागरिक पार्टी नाम राखेर आयोगमा दल दर्ताका लागि निवेदन दिइएको हो ।
पार्टीको अध्यक्षमा सविन सिग्देल र चुनाव चिह्न तीन पात प्रस्ताव गरिएको छ । पार्टीको केन्द्रीय समिति २५ सदस्यीय प्रस्ताव गरिएको छ ।
पार्टीको उपाध्यक्ष यमुना पुडासैनी र युगल ढकाल, महासचिव सुरेशप्रसाद केसी, सचिवमा नवीनकुमार साह, चन्द्रकला बास्तोला, सुशीला महतो र सचिव शुभेच्छा श्रेष्ठ र कोषाध्यक्षमा राधिका नेपाली रहेका छन् ।
यस्तै सदस्यहरूमा शिशिर आदित्य गौतम, रोमन पराजुली, रामचन्द्र कार्की, किरण चन्द, सन्ध्या नेपाल, समृद्धि विष्ट, युनिक शर्मा, प्रवीणकुमार यादव, सौरव दवाडी, सौम्य श्रेष्ठ, विशाल गेलाल, अभय शर्मा, वर्षा पराजुली, कल्पना लामा, दुर्गादेवी न्यौपाने र सीता राई रहेका छन् ।