रुकुम पश्चिम । नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिमले संगठन विस्तारलाई तिव्रता दिएको छ । पार्टीको भेलाबाट
आठबिसकोटको अध्यक्षमा खुम्बु कुसारी चयन भएका छन।
आज आठबिसकोटमा भएको पार्टीको भेला बाट खुम्बु कुसारीलाई अध्यक्षमा चयन गरिएको हो । यस अघि माओवादीको नगर कमिटी उपाध्यक्ष समेत रहेका कुसारीलाई वाम एकता पछी बनेको नेपाली कम्युनिस्ट पार्टीको अध्यक्ष चयन गरिएको पार्टीका नेता विमला केसीले बताईन।
केसीका अनुसार पार्टीले जिल्लाका सबै स्थानीय तहहरुमा जनभेट कार्यक्रम सहित संगठन विस्तारलाई पनि तिव्रता दिँदै वडा स्तर सम्म संगठन निर्माण गर्ने बताईन।
माओवादीको आधार ईलाका मानिने रुकुम पश्चिममा प्रचण्ड र जनार्दन छुट्टिएपछी कसको प्रभाव कति? भन्ने विषयमा बिशेष चासोको रुपमा हेरिएको छ ।
Advertisement