छेडागाड नगरपालिका–८ रौतन गाउँमा आयोजित औँसी भुवा मेलामा झडप हुँदा एक व्यक्ति गम्भीर घाइते भएका छन्। घटनामा छेडागाड नगरपालिका–८ निवासी रमेश कार्कीमाथि सोही नगरपालिकाको वडा–९ निवासी वडाअध्यक्ष गोपालबहादुर नेपालीका छोरा किशोर नेपालीसहित पाँच जनाले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए।
आक्रमणका क्रममा रमेशको टाउकोमा चक्कु प्रहार गरी गम्भीर घाइते बनाइएको थियो।
स्थानीयले घटनास्थलमै रमेशलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल खलङ्गा पुर्याएका थिए। अवस्था गम्भीर भएपछि उनलाई नेपालगन्ज रिफर गरिएको र त्यहाँबाट थप उपचारका लागि काठमाडौं लगिएको थियो। हाल उपचारपछि स्वास्थ्यमा सुधार आएपछि घर फर्काइएको छ।