वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
Advertisement
काठमाडौँ महानगरपालिका-६ बस्ने सर्लाही बागमती नगरपालिका–१ घर भएका ४४ वर्षीया साबित्रा हुमागाईँलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार हुमागाईँले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन भएपछि पीडितले दिएको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।