आज बिशेष पत्रकार सम्मेलन गरेर नेकपा (माओवादी केन्द्र) बाट अलगिएका जनार्दन शर्मा लाई भाइ र बहिनीले साथ छाडेका छन् ।
नयाँ अभियान घोषणाका लागि बखुण्डोलमा पत्रकार गर्दा उनका भाइ ओपेन्द्र शर्मा र बहिनी नारायणी शर्मा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी माओवादीको महाधिवेशन केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् । उनीहरु सँगै रुकुम पश्चिमका जिल्ला इन्चार्ज सहित दर्जनौँ नेता कार्यकर्ता प्रचण्डको लाइनमा उभिएका छन्।
माओवादीले नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस)लगायत नौ दल सँग पार्टी एकता गर्ने सहमति गरेपछि जनार्दन अलगिएर नयाँ प्रगतीशील नेपाल अभियान संचालन गर्ने भएका छन्। ‘वाम प्रगतिशील ध्रुवीकरण अभियान’ घोषणा गर्दै शर्माले यस्तो बताएका हुन्। परिवारकै सदस्यले समेत साथ नदिएका शर्मालाई जिल्लाका अधिकाश नेता कार्यकर्ताले भने समर्थन दिएका छन्।