रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेला आज देखि सुरु हुने भएको छ। जिल्लाको मुसिकोट नगरपालिका -५ मा रहेको डिग्रे शाईकुमारी मन्दिर मा परम्परागत रुपमा लाग्दै आएको डिग्रे मेला यस वर्ष पनि कात्तिक १५ गते आज बाट सुरु हुने भएको हो । मेला पाँच दिन सम्म लाग्ने बताइएको छ।
Advertisement
आज हरिबोधनी एकादशी देखी कार्तिक पुर्णिमाको दिनसम्म अर्थात् कार्तिक १९ गते सम्म लाग्ने यो मेला लाई कर्णाली प्रदेशकै प्रख्यात मेलाको रुपमा चिनिन्छ । पूर्णिमाको दिन मेलामा पुजापाठ सहित बलि चढाउने र अन्य साँस्कृतिक कार्यक्रम सहित आकर्षक नाचगान हुने बताइएको छ।