मध्य पहाडी लोकमार्ग अन्तर्गत रुकुमखण्ड १९ दिन सम्म बन्द हुने भएको छ। काठमाण्डू,पोखरा बाट रुकुमपूर्व हुँदै रुकुमपश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज र डोल्पा जोड्ने रुकुमपूर्वको प्रमुख सडक करिब तीन साता बन्द हुने भएको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गतको रुकुम पुर्वमा पर्ने रानिकोट-किटनी सडकखण्ड १९ दिनभित्र बाँकी रहेको निर्माण कार्यलाई सम्पन्न गर्ने भन्दै यही कात्तिक १२ गतेदेखि ३० गतेसम्म सवारीसाधन आवागमनमा रोक लगाइएको हो ।
मुख्य सडक बन्द हुने भएपछी यो सडक हुँदै यात्रा गर्ने यात्रुहरु लाई सास्ती पर्ने भएको छ। लोकमार्गले सो अवधिभर बैकल्पिक रुट प्रयोग गरी यात्रा गर्न अनुरोध गरेको छ। सो क्षेत्रमा सडक साघुरो भएको र पटक पटक पहिरो झर्ने भएकाले मर्मत गर्नुपर्ने भएको जनाएको छ।