हमासको अपहरणमा परी ज्यान गुमाएका विपिन जोशीको सम्झनामा काठमाडौंको माइतीघरमा दीप प्रज्वलन गरिएको छ । आज (बुधबार) जेन–जी युवाहरूले विपिनको सम्झनामा दीप प्रज्वलन गरेका हुन् ।
Advertisement
वि.सं. २०८० असोज २३ (अक्टोबर ७, २०२३) मा गाजापट्टीमा भएको आक्रमणको क्रममा विपिनलाई हमास समूहले बन्धक बनाएर लगेको थियो । हमासले विपिनको शव इजरायललाई बुझाइसकेको छ । उनको मृत्यु २०२३ को अन्त्यतिर भएको फेन्सिक ल्यावको परीक्षणबाट पत्ता लागेको छ ।