• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, असार ३१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”

फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर

देशभर जम्मा ५० प्रतिशत मात्रै धान रोपाई

आज यी ठाउँमा हुने छ भारी वर्षा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

आज पनि घट्यो सुनको मुल्य

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

लोकप्रिय समाचार

  • १. गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति सांसद शर्माको आपत्ति

  • २. शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

  • ३. राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

  • ४. अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

  • ५. नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने एक जना पक्राउ

  • ६. आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

  • ७. राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गर्ने व्यक्ति मुगुका भएको खुल्यो

  • ८. दुर्गा प्रसाई फेरी पक्राउ

  • ९. ट्राफिक नियम उलंघन गर्ने लाई ५० हजार जरिवाना गर्नु पर्छ भन्ने अभिव्यक्ति विवादमा परेपछि महावीरले मागे माफी, गरे एक वर्ष अन्तरवार्ता नदिने घोषणा

  • १०. आज यी ठाउँमा भारी वर्षा हुने

‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानमा ४३६ जनाले लिए निःशुल्क यातायात सेवा


  •   शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित
  • खोटाङ, २४ असोज । जिल्लाका एक युवा समूहले चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरेको ‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानमा जिल्लाका चार सय ३६ जना छोरीचेलीले निःशुल्क यातायात सेवा दिएका छन् । नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईको अगुवाइमा सञ्चालन गरिएको अभियानमा विभिन्न स्थानीय तहका युवाले आफ्नै मोटरसाइकलमार्फत निःशुल्क यातायात सेवा प्रदान गरेका हुन् ।

    Advertisement

    जिल्लाका दशवटै स्थानीय तहका युवाले आफ्नै मोटरसाइकलमार्फत छोरीचेलीलाई घरदेखि माइतीघर र माइतीघरदेखि घरसम्म तथा मावलीघरसम्म लैजान र फर्काउने सेवा दिएका छन् । चाडपर्वको मौकामा अर्थाभाव तथा यातायातको पहुँच नपुगेको र सार्वजनिक सवारीसाधन भरिभराउ हँुदा भनेजस्तो सिट नपाएर माइती÷मावली जान नपाउने छोरीचेलीलाई लक्षित गरेर अभियान चलाइएको हो ।

    दसैँको टीका (असोज १६ देखि असोज १९ गते) सम्म सञ्चालन गरिएको अभियानका क्रममा जिल्लाका विभिन्न सडकखण्डको ३५ किलोमिटर दूरीभित्रका छोरीचेलीलाई माइत, मावल र घर फर्काउने सेवा दिइएको थियो । अभियानमा जोडिएका युवाले ६६ वटा मोटरसाइकल र शुभम् फाउण्डेसनको एउटा चारपाङ्ग्रे जीपमार्फत सेवा दिएका हुन् ।

    दशवटै स्थानीय तहमा संयोजक तोकेर सञ्चालन गरिएको अभियानअन्तर्गत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारबाट २०५ जनालाई मोटरसाइकल र ९० जनालाई जीपबाट निःशुल्क यातायात सेवा प्रदान गरिएको युवा समूहले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ हलेसी बजारबाट २३ जना, केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारबाट ७५, दिप्रुङ चुइचुम्माबाट २१ तथा रावाबेँसीबाट २२ जनाले मोटरसाइकल सेवा लिएका छन् ।

    पहाडी भूगोल, कच्ची सडक र बर्खायामका कारण बिग्रेर अवरुद्ध बनेका सडकमा सबैतिर सार्वजनिक यातायात पुग्न नसक्ने अवस्था भएपछि छोरीचेलीलाई घरदेखि माइती तथा माइतीघरदेखि आफ्नो घरसम्म आवतजावत गराउन अभियान सञ्चालन गरिएको संयोजक राईले जानकारी दिए । “बिनास्वार्थ चाडपर्वमा समयमै गन्तव्य पुग्न र फर्कन सहज होस् भन्ने मानवीय भावनाले अभियान चलाएका हौँ । अब तिहारलक्षित अभियान पनि चलाउने योजना बनाएका छौँ”, उनले भने, “तिहारका लागि आउँदो कात्तिक ५ देखि ७ गतेसम्म अभियान चलाउने तयारी गरिएको छ । यस वर्षको दसैँ र तिहारमा करिब एक हजार छोरीचेलीलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।”

    यस वर्षका लागि अभियान चलाउन जनसम्पर्कका लागि दिक्तेल बजारस्थित किरातचोकमा सचिवालय नै स्थापना गरिएको थियो । मौसममा आएको खराबी तथा सबै ठाउँमा मोबाईल फोनको टावर नटिप्ने भएकाले सम्पर्कका लागि सचिवालय स्थापना गरेर निःशुल्क यातायात सेवा प्रदान गरिएको थियो ।

    आर्थिक अवस्था कमजोर भएका र सवारीसाधनको पहुँच नभएका छोरीचेलीलाई घरबाट माइतीघर र माइतीघरबाट घरसम्म आउनेजाने सेवा दिइएको युवा समूहले जनाएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा स्थापना गरिएको सचिवालयमा सेवाग्राहीको विवरण सङ्कलन गर्दै निःशुल्क यातायात सेवा दिइएको सचिवालय सदस्य अनिशा रम्तेलले जानकारी दिए ।

    युवा समूहले सञचालन गरेको अभियानका लागि विभिन्न निकायले इन्धन तथा अन्य आवश्यक सामग्री उपलब्ध गराएको थियो । यो समूहले गत वर्षको दसैँतिहारमा चार सय १५ छोरीचेलीलाई निःशुल्क यातायात सेवा उपलब्ध गराएको थियो । रासस

    • दशैं तिहार
    • यातायात
    शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”
    फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर
    देशभर जम्मा ५० प्रतिशत मात्रै धान रोपाई
    आज यी ठाउँमा हुने छ भारी वर्षा
    निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज
    सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

    लोकप्रिय

    • १.
      गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति सांसद शर्माको आपत्ति

    • २.
      शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

    • ३.
      राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

    • ४.
      अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

    • ५.
      नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने एक जना पक्राउ

    • ६.
      आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

    भर्खरै

    • १.
      गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”

    • २.
      फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर

    • ३.
      देशभर जम्मा ५० प्रतिशत मात्रै धान रोपाई

    • ४.
      आज यी ठाउँमा हुने छ भारी वर्षा

    • ५.
      निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

    • ६.
      सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

    • ७.
      पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    • ८.
      आज पनि घट्यो सुनको मुल्य

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.