काठमाडौँ । पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी प्रहरी कार्यालयमै फर्किएको छ ।
Advertisement
जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले उनीहरूविरुद्धको जाहेरी प्रहरीमै फिर्ता गरिदिएको हो ।
बिहीबार आयोगले एक विज्ञप्ति मार्फत भनेको छ ।‘फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्रभित्र परेको छैन’, विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘फौजदारी कसुरमा जो कोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न गराउन नेपालको कानूनले अख्तियारी प्रदान गरेको विदितै छ । यस्तो कारबाहीका लागि आयोगको प्रतिवेदन कुर्न नपर्ने भएकाले प्राप्त जाहेरी निवेदन र कागजात जिल्ला प्रहरी परिसर काठमाडौँमा फिर्ता पठाइदिने ।’