• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

आज पनि घट्यो सुनको मुल्य

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

बढ्यो बाढी र पहिरोको जोखिमः काठमाडौँबाट बाहिरिने सबै नाका बन्द

आज घट्यो सुनको मूल्य

खोलामा आएको बाढीले ट्रक बगायो, चालक पौडिएर निस्किए

ल्हेन्दे खोलामा रसुवागढी जलविद्युत्को विद्युत् उत्पादन बन्द

यात्रा गर्दै हुनुहुन्छ ? पहिरोले यी राजमार्ग पूर्ण रुपमा बन्द छन्

आज यी ठाउँमा भारी वर्षा हुने

लोकप्रिय समाचार

  • १. विपद् व्यवस्थापनका लागि एनएमबी बैंक आठबिसकोट द्वारा नेपाल प्रहरी र नगर प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

  • २. वन अधिकृत घुससहित पक्राउ

  • ३. गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति सांसद शर्माको आपत्ति

  • ४. जबरजस्ती करणी उद्योगका फरार प्रतिवादी पक्राउ

  • ५. भेरी करिडोर: पुल र सडक कहिले होलान् पूरा ?

  • ६. शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

  • ७. राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

  • ८. नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने एक जना पक्राउ

  • ९. राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गर्ने व्यक्ति मुगुका भएको खुल्यो

  • १०. अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

तिहारका लागि मादल बनाउन व्यस्त चित्रे बादी


  •   बुधबार, असोज २२, २०८२ मा प्रकाशित
  • दाङ, २२ असोज । कमेरोले लिपेर चिटिक्क पारिएको सानो कच्ची घर । घरको सानो आँगन साना र ठुला मादलले भरिएको छ । त्यसैका छेउमा एकाबिहानै चित्रे बादी मादलमा एकनासले खरी भरिरहेका छन् ।

    Advertisement

    घोराही उपमहानगरपालिका–१७ पचुर्खाका बादीको मादल बनाउने र मर्मत गर्ने व्यस्तता तिहार नजिकिएसँगै थपिएको हो । उनका अनुसार अरू समयमा भन्दा तिहारमा मादलको माग बढ्छ । तिहारमा हुने मादल बिक्रीबाट राम्रो आम्दानी हुने उनको भनाइ छ ।

    आफूले मादल मर्मत गर्नेदेखि नयाँ मादल पनि बनाउँदै आएको उनले सुनाए । “बुवा गुइँठे बादी मादल बनाउनुहुन्थ्यो, उहाँकै सिको गरेर मैले पनि १२ वर्षको उमेरदेखि मादल बनाइरहेको छु”, ७० वर्षे बादीले भने । उनका अनुसार हिजोआज त बिहान उज्यालो भएदेखि बेलुकैसम्म मादलको काम भ्याइनभ्याइ छ । यही पेसबाट आफूले चार छोरा र दुई छोरी हुर्काएको र यसैबाट घर खर्च चलाएको पनि उनले उल्लेख गरे ।

    तिहारमा देउसी भैलो खेल्नेहरू हरेक वर्ष जसो उनको घरमा नयाँ मादल किन्न, मादलमा खरी हाल्न, मादल कस्न र छाला फेर्न आउँछन् । नयाँ मादलको आकारअनुसार रु सात हजारदेखि १५ हजारसम्ममा बिक्री हुने गरेको उनले सुनाए ।

    उनको घरमा घोराही, तुलसीपुर, नारायणपुर, लमही, प्युठान र रोल्पालगायतबाट स्थानबाट मादल खरिद गर्न मानिस आउने गरेका छन् ।

    उनलाई काममा श्रीमती भूमि बादीले सहयोग गर्नुहुन्छ । आफूलाई नयाँ मादल बनाउन नआएपछि श्रीमानको काममा सहयोग गरिरहेको भूमि बादीले सुनाए । आफूले खरी बनाउन, छाला काट्नेलगायतका काममा सहयोग गरिरहेको बताए । उनको परिवारमा कान्छो छोरा पनि मादल बनाउन सिकेको उनको भनाइ छ ।

    उनी मादल बनाउन खिर्रो, मौवा, मलेतो, खमारीलगायतका काठको प्रयोग गर्नुहुन्छ । मौवा र खमारीको काठमा स्वर राम्रो सुनिने उनको अनुभव छ । रासस

    बुधबार, असोज २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
    आज पनि घट्यो सुनको मुल्य
    आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन
    बढ्यो बाढी र पहिरोको जोखिमः काठमाडौँबाट बाहिरिने सबै नाका बन्द
    आज घट्यो सुनको मूल्य
    खोलामा आएको बाढीले ट्रक बगायो, चालक पौडिएर निस्किए

    लोकप्रिय

    • १.
      विपद् व्यवस्थापनका लागि एनएमबी बैंक आठबिसकोट द्वारा नेपाल प्रहरी र नगर प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

    • २.
      वन अधिकृत घुससहित पक्राउ

    • ३.
      गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति सांसद शर्माको आपत्ति

    • ४.
      जबरजस्ती करणी उद्योगका फरार प्रतिवादी पक्राउ

    • ५.
      भेरी करिडोर: पुल र सडक कहिले होलान् पूरा ?

    • ६.
      शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

    भर्खरै

    • १.
      पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    • २.
      आज पनि घट्यो सुनको मुल्य

    • ३.
      आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

    • ४.
      बढ्यो बाढी र पहिरोको जोखिमः काठमाडौँबाट बाहिरिने सबै नाका बन्द

    • ५.
      आज घट्यो सुनको मूल्य

    • ६.
      खोलामा आएको बाढीले ट्रक बगायो, चालक पौडिएर निस्किए

    • ७.
      ल्हेन्दे खोलामा रसुवागढी जलविद्युत्को विद्युत् उत्पादन बन्द

    • ८.
      यात्रा गर्दै हुनुहुन्छ ? पहिरोले यी राजमार्ग पूर्ण रुपमा बन्द छन्

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.