धादिङकोत्रिपुरा सुन्दरी गाउँपालिका-५ थापाकटेरीमा आइतबार राति एक युवकले आफ्नै आमाको हत्या गरेका छन्।
Advertisement
करिब ३० वर्षीय यमबहादुर कँडेलले धारिलो हतियार प्रयोग गरी आमा राममाया कँडेल (५५) को हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङले पुष्टि गरेको छ।
प्रहरीका अनुसार घटनापछि कँडेलले घर वरिपरिका छिमेकीहरूलाई समेत खुँडा देखाएर तर्साएका थिए। घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी दिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी प्रमुख एसपी भेषराज रिजालका अनुसार, कँडेललाई घटनामा प्रयोग भएको हतियारसहित नियन्त्रणमा लिइएको छ।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल धादिङ पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।