• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • श्रम बैदेशिक रोजगार
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, माघ ०४, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • श्रम बैदेशिक रोजगार
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

लोकप्रिय समाचार

  • १. कठोर उपमेयर धन कुमारी शाही

  • २. विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

  • ३. रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

  • ४. रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

  • ५. के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

  • ६. आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

  • ७. आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

  • ८. नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्विरोध

  • ९. म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

  • १०. रुकुम पश्चिमको बाँफिकोटमा जेसिबी दुर्घटना : सह-चालकको मृत्यु चालक सम्पर्क विहिन

दसैँ सुरु भएसँगै बेसी झर्न थाले भेडीगोठ


  •   बुधबार, असोज ०८, २०८२ मा प्रकाशित
  • बागलुङ । दसैँ नजिकिएसँगै लेकबाट भेडीगोठ बेसी झर्न थालेका छन् । वर्खायाममा करिब चार महिना लेकमा बस्ने गोठला आफ्ना वस्तुभाउ लिएर बेसी झर्न थालेका हुन् ।

    Advertisement

    जेठ दोस्रो सातादेखि लेक उक्लिने गोठालाहरु दसैँको पहिलो दिन घटनस्थापना सुरु भएसँगै बेसी झर्न थालेका हुन् । महिनौँ लेकमा बसेका गोठलाहरु परिवारसँग भेट्ने आशा बोकेर बेसी झरि रहेका छन् । बागलुङको निसीखोला, ढोरपाटन, तमानखोलालगायत क्षेत्रबाट स्थानीय वर्खाको समयमा वस्तुभाउ लिएर लेक उक्लिने गर्छन् ।

    गोठालाहरु ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पर्ने टीकाधारा, फागुने, गर्पाछेडा, स्याचुङसहित निसीखोलाको रिग, खोलाखानी, तिलाचन र तमानखोलाको सोलेडाँडालगायत क्षेत्रमा पुग्ने गर्छन् । ती क्षेत्रहरु समुन्द्री सतहदेखि तीन हजारदेखि चार हजार पाँच सय मिटरको उचाइसम्म पर्छन् । लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बेसी क्षेत्रमा गोठालाको चहलपहल बढेको छ । पश्चिम बागलुङका धेरै किसान पशुपालनमा आबद्ध रहेका छन् । चार महिनापछि बेसी झरेका गोठालालाई ठूलो पर्व नै आएको छ ।

    महिनौँ परिवारसँग टाढिएका उनीहरु अब आगामी जेठ महिनासम्मसँगै हुने छन् । एकै परिवारले दुई सयदेखि एक हजार बढीसम्म भेडा पाल्दै आएका छन् । गोठालाहरु हप्तौँको यात्रा गरेर बुकी चढ्ने र बेसी झर्ने गर्छन् । बेसीमा भन्दा बुकी क्षेत्रमा भेडाबाख्राका लागि चरन क्षेत्र र पोषिलो घाँस पर्याप्त पाइने हुँदा जेठदेखि नै लेक चढ्न थाल्छन् ।

    यतिबेला ढोरपाटन उपत्यका, पातीहाल्ने, सोलेडाँडा, भर्कोबाङलगायत क्षेत्रमा भेडाको ठूलो बथान भेटिन्छन् । यो समय भेडाबाख्रा बेच्ने सिजन भएको हुँदा गोठालाहरु बेसी झरेर बजार तिर लाग्ने गर्छन् । बेसी झरेका गोठालेहरु अब केही दिनमै मुख्यमुख्य सहरसम्म हप्तौँ दिन हिँडेर भेडाबाख्रा बेच्न जाने गर्छन् ।

    दसैँका लागि भेडा च्याङ्ग्रा बेचेर खर्च जोहो गर्छन् । निसीखोला गाउँपालिका–६ का कुमानसिंह विश्वकर्माले तीन महिना २३ दिनमा लेकबाट फर्किएको बताए। आफ्ना दुई सय बढी भेडा रहेको सुनाउँदै छिटो झर्दा घाँस पुर्याउन समस्या हुने गरेको उनको भनाइ छ । चार महिनालाई पुग्ने खर्च पहिले नै लिएर लेक उक्लिएको विश्वकर्माले सुनाए ।

    उनले भने, “हाम्रा बाउबाजेले यहीँ पेशा गरे, हामीहरुले यसलाई निरन्तरता दिँदै आयौँ, तर हाम्रो छोरानातीले भेडा गोठाला बन्न चाहेनन्, उनीहरुले पढ्ने लेख्ने भए, विदेश जाने भए, जेठ असारमा लेक उक्लिने र असोजमा बेसी झर्ने त हाम्रो लागि संस्कृति नै भयो, यो साल मात्रै होइन हामीहरु हरेक वर्ष वर्खामा लेक उक्लिने र हिउँद सुरु भयो भने बेसी झर्ने गर्छौँ, घर परिवारसँग महिनौँ दिन टाढा भएर बस्न त मन हुँदैन तर के गर्ने गोठालाको बाध्यता यस्तै छ ।”

    वर्खाभरी पोषिलो घाँस खाएर सप्रिएका खसी, बोका र भेडाको मूल्यसमेत राम्रो पर्ने हुँदा एउटै भेडापालक किसानले वार्षिक लाखौँ आम्दानी गर्ने गरेका छन् । बेसी झरिसकेका गोठालालाई बजारमा कुन–कुन खसी, बोका र भेडा लैजाने भनेर छनोट गर्न थालेका छन् । गोठालाहरु भेडा बेच्नका लागि केही बुर्तिवाङ, खर्बाङ, गुल्मीको रिडी, पाल्पा हुँदै बुटवलसम्म पुग्छ भने कोही गलकोट, बागलुङ, पर्वत हुँदै पोखरासम्म पुग्ने तयारीमा छन् । ढोरपाटन नगरपालिका–९ का तुलबहादुर पुनले लेकमा विस्तारै चिसो बढ्न थालेपछि बेसी झरेको बताए ।

    आफू असार ३ गते बुकीपाटन उक्लिएको सुनाउँदै चाडबाड मान्नका लागि हरके वर्ष घटस्थापनाका दिन बेसी झर्ने गरेको उनको भनाइ छ । “म यसरी लेकबेसी गरेर वस्तुभाउ पाल्न थालेको ४०÷४२ वर्ष भयो, यो अवधिमा कात्तिकसम्म लेकमा बसेको छैन, लेकमा बस्दा धेरै समस्या हुन्छ, अब त विस्तारै जाडो बढ्न थाल्यो, भेडाबाख्रा मर्छन्, दसैँ अल्ली पछाडि हुँदा असोज २०÷२२ तिर झथ्र्यो अहिले त अलि छिटै पर्यो”, उनले भने, “असारमा गएपछि म तीज बेला एकपटक घरमा झरेको थिएँ, पटक–पटक आउजाउ गर्ने गाह्रो हुन्छ, नजिक छैन लेक त्यहीँ भएर खर्च पर्च एकै पटक लिएर जाने र दसैँ मनाउन आउने गर्छौँ ।”

    लेकबाट वस्तुभाउ बेसी झरेपछि तल्लो क्षेत्रमा चहलपहल बढेको छ । जसले दसैँको माहोल बढाएको छ । निसीखोला–६ का कुलबहादुर घर्तीले डेढ सय भेडा बेसी झारी सकेको सुनाउँदै ५५ वटा गाई अझै लेकमा रहेको बताए । गाई लिनका लागि एक जना आफन्तलाई लेक पठाएको उनको भनाइ छ । गाई १३ गतेसम्म बेसी झारी सक्ने घर्तीले सुनाए । रासस

    • बाग्लुङ
    • भेडीगोठाला
    बुधबार, असोज ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी
    एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार
    बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प
    नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही
    आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन
    रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    लोकप्रिय

    • १.
      कठोर उपमेयर धन कुमारी शाही

    • २.
      विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

    • ३.
      रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

    • ४.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

    भर्खरै

    • १.
      बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

    • २.
      एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

    • ३.
      बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

    • ४.
      नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

    • ५.
      आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

    • ६.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ७.
      म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

    • ८.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.