नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी कारागार फर्किएका छन् । उनी हिजो (सोमबार) बेलुका केन्द्रीय कारागार सुनधारामा फर्किएका हुन् ।
Advertisement
जेन–जी आन्दोलनका क्रममा कैदीबन्दीहरुले जेल तोडेर भाग्ने क्रममा गत भदौ २४ गते रायमाझी पनि फरार भएका थिए ।
सुन्धारा कारागारका प्रमुख कृष्णप्रसाद चापागाईंका अनुसार रायमाझी आफैं कारागार फर्किएका हुन् । पूर्वउपप्रधान तथा ऊर्जा मन्त्री रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा विगत २ वर्षदेखि पुर्पक्षका लागि थुनामा छन् ।