आठबिसकोट । राडीज्युला शिक्षा क्याम्पस आठबिसकोटको आयोजनामा सम्पन्न अन्तर क्याम्पस मैत्रीपुर्ण ब्याटमिन्टन प्रतियोगीतामा शितल क्याम्पस चौरजहारी प्रथम भएको छ ।
Advertisement
राडीज्युला शिक्षा क्याम्पसको मैदानमा आज भएको उक्त प्रतियोगीतामा बिभिन्न क्याम्पसका ५ प्रतिस्पर्धी समुहलाई हराउँदै शितल क्याम्पसबाट खिम प्रसाद लामिछाने र युवराज लामिछाने को जोडी बिजेता बनेको हो ।
त्यस्तै प्रतियोगीतामा रीडीज्युला शिक्षा क्याम्पस उपबिजेता बनेको छ । विवेक शाह र तेज बहादुर सिंहको जोडी उपबिजेता बनेको हो । प्रतियोगीतामा बिजेताले १० हजार रुपैयाँ र उपबिजेताले आठ हजार रुपैयाँ पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको क्याम्पस प्रमुख तेज बहादुर मल्लले जानकारी दिए । बिजया दशमीको अवसरमा अन्तर क्याम्पस स्तरीय प्रतियोगीता आयोजना गरिएको हो ।