जन्मदिनको अवसरमा आइतबार रुकुम पश्चिमको आठबिसकोट नगर अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरिएको छ ।
आठबिसकोट नगरपालिका -९ का वडाअध्यक्ष जनक बहादुर बटालाले आफ्नो जन्म दिनको अवसरमा अस्पतालमा रहेका बिरामीहरूसँग भेटघाट गरी स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दै फलफुल बितरण गरेका हुन्।

साथै, उपचारमा संलग्न चिकित्सक तथा नर्सहरूप्रति पनि धन्यवाद प्रकट गर्दै बिरामीलाई आत्मबल उच्च राख्न आग्रह गरे ।
जन्म दिनको फजुल खर्च गर्नुभन्दा बिरामीलाई फलफूल तथा स्वास्थ्यवर्धक सामग्री वितरण गरिएको हो । अस्पतालमा भर्ना भएका बिरामीलाई स्याउ केरा वितरण गरिएको हो ।