सुर्खेतका पाँच राजनीतिक दलहरूले भोली (शुक्रवार) संयुक्त रूपमा संविधान दिवस मनाउने भएका छन् ।
Advertisement
सुर्खेतमा रहेका नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ति जारी गर्दै संयुक्त रूपमा दिवस मनाउने जनाएका हुन् ।
जसको लागि उनीहरूले शुक्रवार (भोली) साढे एक बजे जिल्ला समन्वय समितिको हलमा अन्तर संवाद कार्यक्रमको आयोजना गर्ने जनाएका छन् । त्यसै गरी बेलुका ६ बजे वीरेन्द्र चोकमा दीप प्रज्वलन गर्ने कार्यक्रमको तय गरेका छन् ।