नेपाल लाइफ इन्सोरेन्स शाखा कार्यालय रुकुम पश्चिमले सामाजिक उत्तरदायित्व अन्तर्गत विधालयमा अध्ययनरत बिधार्थीलाई कापि र झोला बितरण गरेको छ । जिल्लाको आठबिसकोट नगरपालिका -१४ स्थित जनज्योती आधारभूत बिधालयमा ८० जना छात्रछात्रालाई एक एक वटा झोला र प्रति विधार्थी ६ वटा कापी बितरण गरिएको हो ।

त्यस्तै सोही वडाको ज्यामिरकोटमा रहेको आदर्श माविमा ७१ जना बिधार्थीलाई कापी झोला बितरण गरिएको शाखा प्रमुख हरि बोहराले जानकारी दिए । सामजिक उत्तरदायित्व अन्तर्गत यस वर्ष आठबिसकोटमा शैक्षिक सामग्री हस्तान्तरण गरिएको शाखा प्रमुख बोहराले बताए ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै नगर उपप्रमुख धन कुमारी शाहीले नेपाल लाइफ इन्सोरेन्सले शैक्षिक सामग्री वितरण गरेर बिधार्थीलाई राहत प्रदान गरेको बताइन्। शाहीले भनिन, जिवन बिमा सँगसंगै सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर सामाजिक कार्य गरेकोमा कम्पनीलाई धन्यवाद । यो कार्य आगामी दिनहरुमा पनी यस्तै बिधालयहरुमा लागु हुनेमा विश्वास व्यक्त गरिन्।
उक्त सामग्री हस्तान्तरण कार्यक्रममा आठबिसकोटका नगर उपप्रमुख धन कुमारी शाही, शिक्षा अधिकृत ईन्द्र बहादुर बिष्ट, सुचना प्रविधि अधिकृत कुबेर बस्नेत, इन्सोरेन्सका प्रमुख हरि बोहरा, बिधालयका प्रधानाध्यापक मन्सुरी खड्का लगायत बिधार्थी अभिभावकको उपस्थिति रहेको थियो ।