• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

अर्थमन्त्रीको नीतिका कारण आज सेयर बजार ध्वस्त भयो: ज्ञानेन्‍द्र शाही

आदिकविको सालिक तोडफोड गरेको आरोपमा कुँवर पक्राउ

आज यी प्रदेशमा भारी वर्षा हुने,सतर्क रहन आग्रह

रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना

सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

बाढी पहिरो बाट यी मुख्य राजमार्ग अवरुद्ध

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै

आज यी ठाउँमा भारी वर्षा हुने

लोकप्रिय समाचार

  • १. अर्थमन्त्रीको शिक्षा स्वास्थ्यमा कर नीतिमा प्रधानमन्त्री बालेनको कैँचि

  • २. कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

  • ३. गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ

  • ४. फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

  • ५. राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

  • ६. सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

  • ७. कपडा व्यवसायीले आफ्नै घरबाट हामफालेर गरे आत्महत्या

  • ८. कर्णालीमा एमाले लाई झड्का : नेकपाले सरकार विरुद्धको अविश्वासको पक्षमा मतदान गर्ने

  • ९. लाहोर यात्रा : जहाँ इतिहासले मन जित्यो, आतिथ्यले हृदय छोयो

  • १०. आजको मौसम देशका केही स्थानमा भारी वर्षाको सम्भावना

नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध

  •   बुधबार, असोज ०१, २०८२ मा प्रकाशित
  • नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध काठमाडौँ । केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ, तिहार र छठ धान्ने भएकाले आयात नगर्न सार्वजनिक अपिल गरेका छन् ।

    Advertisement

    नेपाल केरा उत्पादक महासंघ काठमाडौँका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले अहिले नेपालमा केरा उत्पादन उत्साहजनक रहेको र चाडपर्वलाई नेपाली उत्पादनले पर्याप्त धान्ने भएकाले आयात नगर्न देशभरका सबै फलफूल तथा तरकारी थोक व्यवसायी संघलाई अनुरोध गरिएको बताए ।

    महासंघले नेपालभरिकै फलफूल तथा तरकारी थोक व्यवसायी संघलाई सम्बोधन गर्दै केरा आयात नगर्न पत्राचार नै गरेको उनले बताए । महासंघले गरेको अनुरोध पत्रमा हाल नेपालमा उत्साहजनक रूपमा केरा उत्पादन भइरहेको र विद्यमान अवस्थामा नेपालको उत्पादनले नै नेपाली केरा बजारको मागले दसैँ, तिहार र छठसम्मै थेग्न सक्ने अवस्था रहँदारहँदै पनि नेपाली बजारमा विदेशी केरा निर्बाध रूपमा आयात भइरहेको उल्लेख गरेको छ ।

    यसरी केरा आयात हुँदा नेपाली अर्थतन्त्र, वैदेशिक व्यापार घाटा, रोजगारमा प्रत्यक्ष रूपमा असर पार्नुका साथै नेपाली व्यावसायिक केरा उत्पादक किसान विस्थापित हुनसक्नेसम्म खतरा बढ्नुका साथै सबै जिल्लाका किसान आक्रोशित भई आन्दोलनमा जान सक्ने खतरा बढेको अध्यक्ष पन्तले जारी गरेको अनुरोध पत्रमा उल्लेख छ ।

    अनुरोध पत्रमा भनिएको छ, “समयमै हामी सबै संघसंस्था र व्यापारीले देशको विषम परिस्थितिलाई समेत मध्यनजर गर्दै यहाँले सम्बन्धित व्यापारीसँग समन्वय तथा छलफल गरी यही असोज ६ गतेभन्दा पछाडि कुनै पनि व्यापारीलाई भारतबाट केरा आयात नगर्न वा नगराउन अनुरोध गर्दछौँ । यदि व्यापारीले बलजफ्ती आयात गरेमा नेपाली किसान वा समर्थकले पुर्‍याउन सक्ने क्षतिको जबाफदेही पनि यो महासंघ नहुने जानकारी तथा अनुरोध गर्दछौँ ।”

    उक्त विषयमा केरा उत्पादक किसानका आठवटा समिति तथा प्रतिनिधिले संयुक्त रूपमा सूचना जारी गरेका छन् ।

    चितवनस्थित केरा उत्पादक संघका अध्यक्ष घननाथ महतो, कैलालीका अध्यक्ष दीपेन्द्र थारू, कञ्चनपुरका अध्यक्ष सुरेन्द्र चौधरी, बर्दियाका अध्यक्ष टोपलाल थारू, नवलपरासीका अध्यक्ष लक्खु विक, चितवनका पूर्वअध्यक्ष यज्ञप्रसाद सुवेदी, कैलालीका उपाध्यक्ष टेकेन्द्र धामी र केरा जोन समन्वय समिति नवलपरासीका संयोजक युवराज मौर्यसहित हस्ताक्षरित विज्ञप्तिमा केरा आयातमा रोक लगाउनसमेत माग गरिएको छ । रासस

    बुधबार, असोज ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का
    अर्थमन्त्रीको नीतिका कारण आज सेयर बजार ध्वस्त भयो: ज्ञानेन्‍द्र शाही
    आदिकविको सालिक तोडफोड गरेको आरोपमा कुँवर पक्राउ
    आज यी प्रदेशमा भारी वर्षा हुने,सतर्क रहन आग्रह
    रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना
    सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

    लोकप्रिय

    • १.
      अर्थमन्त्रीको शिक्षा स्वास्थ्यमा कर नीतिमा प्रधानमन्त्री बालेनको कैँचि

    • २.
      कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

    • ३.
      गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ

    • ४.
      फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

    • ५.
      राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

    • ६.
      सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

    भर्खरै

    • १.
      कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

    • २.
      अर्थमन्त्रीको नीतिका कारण आज सेयर बजार ध्वस्त भयो: ज्ञानेन्‍द्र शाही

    • ३.
      आदिकविको सालिक तोडफोड गरेको आरोपमा कुँवर पक्राउ

    • ४.
      आज यी प्रदेशमा भारी वर्षा हुने,सतर्क रहन आग्रह

    • ५.
      रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना

    • ६.
      सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

    • ७.
      बाढी पहिरो बाट यी मुख्य राजमार्ग अवरुद्ध

    • ८.
      आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.