रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ मा वृद्धवृद्धाहरूको सामाजिक सुरक्षा भत्ता परिचयपत्र घरमै पुगेर नवीकरण गरिएको छ।
वडा अध्यक्ष हुकुम पुन को पहल र वडा सचिव खेमराज पुन र केशव के सि को सक्रियतामा टोलटोलमै पुगेर सेवाग्राहीलाई सहज हुने गरी परिचयपत्र नवीकरण गरिएको हो।
यस अभियानले विशेषगरी हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकलाई ठूलो राहत पुगेको छ। घरमै नवीकरण सेवा पाउँदा वृद्धवृद्धाले खुसी व्यक्त गर्दै वडा कार्यालयप्रति आभार प्रकट गरेका छन्।
वडा सचिव खेमराज पुनका अनुसार वृद्धवृद्धालाई लक्षित गर्दै घरमै सेवा पुर्याउने काम आगामी दिनमा पनि निरन्तरता दिइनेछ।
Advertisement