जेनजेड आन्दोलनका कारण ठप्प बनेको त्रिभुवन विमानस्थल पुनः सुचारु गर्ने निर्णय गरिएको छ । आज बसेको विमानस्थल सुरक्षा समितिको बैठकले हिजोदेखि रोकिएका हवाइ उडानलाई सुचारु गर्ने निर्णय गरेको हो ।
Advertisement
उक्त निर्णयसँगै यात्रुहरूले वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयबारे जानकारी लिएपछि मात्र विमानस्थल आउजाउ गर्न सक्ने समितिका एक सदस्यले जानकारी दिए ।