रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले पालिकाभर शोक विदा दिएको छ । आज र भोली दुई दिन पालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको बताईएको छ ।
Advertisement
जेन जेडहरुले गरेको प्रदर्शनका क्रममा मृत्यु हुने नागरिकको सम्झना गर्दै नगरपालिकाले शोक बिदा दिएको हो पालिकाअन्तर्गत सबै सरकारी निकाय र सामुदायिक विद्यालयमा बिदा दिइएको छ ।
साथै आन्दोलनका क्रममा मृत्युवरण गर्ने युवाहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै गाउँपालिकाले शोकाकुल परिवारजनमा गहिरो संवेदना व्यक्त गरेको छ । साथै प्रदर्शनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।