काठमाडौँ । सोमबार भएको जेन जेडहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार प्रदर्शनकारीको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
Advertisement
प्रहरीको बल प्रयोगका क्रममा रबरको गोली लागी गम्भीर घाइते भएका उनीहरूलाई अस्पताल पुर्याइएपछि उपचारका क्रममा मृत्यु भएको हो ।
बल प्रयोगसँगै प्रदर्शन थप हिंसात्मक बन्दै गएको छ । दिउँसो साढे १२ बजेबाट काठमाडौँका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी भए पनि आन्दोलन रोकिने संकेत देखिएको छैन । घाइतेहरुको सङ्ख्या यकिन छैन्।